युद्धबीच किन अमेरिका पुगिन् युक्रेनी राष्ट्रपति पत्नी जेलेन्स्का ?

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका पत्नी जेलेन्स्का अमेरिका पुगेकी छन् । रुस–युक्रेन युद्ध जारी रहेका बेला जेलेन्स्का अमेरिका पुगेकी हुन् ।
भ्रमणको दौरान उनले उच्चस्तरीय बैठक र संसदको सम्बोधन गर्ने बिबिसीले लेखेको छ । संसदमा सम्बाेधनका लागि आजको समय तय भएको छ । चार महिनाअघि युक्रेनका राष्ट्रपति जेलेन्स्कीले पनि अमेरिकाको संसदमा भर्चुअल सम्बोधन गरेका थिए ।
ह्वाइट हाउसका अनुसार जेलेन्स्काले सोमबार विदेशमन्त्री एन्टनी ब्लिंकन र मंगलबार राष्ट्रपति जो बाइडनसँग भेटवार्ता गरिसकेकी छन् । यसअघि गत मेमा बाइडन युक्रेन भ्रमणमा जाँदा पनि दुईबीच भेटवार्ता भएको थियो ।
त्यस्तै, युएस एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्टकी प्रमुख सामन्था पावरसँग पनि जेलेन्स्काको भेट भएको छ । एजेन्सीले मानवीय सहायताका लागि युक्रेन सरकारलाई अर्बौं डलर सहयोग गरिसकेको छ ।
जेलेन्स्कासँग युक्रेनका कुनै पनि आधिकारिक अधिकारी छैनन् ।
जेलेन्स्का अमेरिकाबाट थप सैन्य सहायता र राजनीतिक समर्थन हासिल निम्ति त्यहाँ पुगेको बिबिसीले लेखेको छ ।
युक्रेनलाई ४० अर्ब डलर सहायता गर्ने एजेण्डा अमेरिकी कंग्रेसबाट पारित भइसकेको छ । जुन सहयोग सेप्टेम्बर अन्त्यसम्म युक्रेनले पाइसक्नेछ ।
प्रतिक्रिया