अब ग्यासका पाइप होइन, बिजुलीका तारै चुलोमा पुर्याइन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब ग्यासका पाइप नभएर बिजुलीका तार नै चुलोमा पुर्याउनुपर्ने आवश्वकता रहेको बताएका छन् ।
बागमती प्रदेशस्तरी भेला तथा प्रशिक्षण कार्यक्रमलाई आज काठमाडौंमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘अब ग्यासका पाइप चुलोमा लैजानुपर्ने आवश्यकता छैन । अब ग्यास चाहिन्न, बिजुलीका तारै पु¥याइन्छ,’ उनले भने ।
पानीका पाइपचाहिँ लान सकिने तर ग्यासको पाइप लान नसकिने भन्ने प्रश्न नै नउठ्ने ओलीले स्पष्ट पारे ।
‘साना–साना पाइप चुलोमा नभएर हामीले पेट्रोलियम पाइपलाइन नै बनायौं । भारतबाट अमलेखगञ्जसम्म ठूला पाइप जोडेर पेट्रोलियम पदार्थ झारियो,’ उनले भने ।
प्रशिक्षण कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आगामी चुनावबाट एमाले सरकारमा फर्किनुपर्ने बताउँदै त्यसको तयारी गर्न कार्यकर्ताहरूलाई निर्देशनसमेत दिए ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया