अब ग्यासका पाइप होइन, बिजुलीका तारै चुलोमा पुर्याइन्छ : ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब ग्यासका पाइप नभएर बिजुलीका तार नै चुलोमा पुर्याउनुपर्ने आवश्वकता रहेको बताएका छन् ।
बागमती प्रदेशस्तरी भेला तथा प्रशिक्षण कार्यक्रमलाई आज काठमाडौंमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘अब ग्यासका पाइप चुलोमा लैजानुपर्ने आवश्यकता छैन । अब ग्यास चाहिन्न, बिजुलीका तारै पु¥याइन्छ,’ उनले भने ।
पानीका पाइपचाहिँ लान सकिने तर ग्यासको पाइप लान नसकिने भन्ने प्रश्न नै नउठ्ने ओलीले स्पष्ट पारे ।
‘साना–साना पाइप चुलोमा नभएर हामीले पेट्रोलियम पाइपलाइन नै बनायौं । भारतबाट अमलेखगञ्जसम्म ठूला पाइप जोडेर पेट्रोलियम पदार्थ झारियो,’ उनले भने ।
प्रशिक्षण कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आगामी चुनावबाट एमाले सरकारमा फर्किनुपर्ने बताउँदै त्यसको तयारी गर्न कार्यकर्ताहरूलाई निर्देशनसमेत दिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया