NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

ठगीको आरोपमा चिनियाँसहित ८० जना पक्राउ

भक्तपुर । अवैध रुपमा कल सेन्टर सञ्चालन गरेर ठगी गरेको अभियोगमा प्रहरीले भक्तपुरको सानोठिमीस्थित कल सेन्टरबाट एक चिनियाँ नागरिकसहित ८१ जनालाई आज पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरसहितको टोलीले २९ वर्षीय चिनियाँ नागरिक वानजिनिओसहित ८१ जनालाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

भारतीय मुलका युवा युवतीलाई छोटो समयका लागि मिटर ब्याजका रुपमा रु पाँच हजारदेखि रु १० हजारसम्म ऋण दिएर उक्त ऋणको मिटर ब्याजसहित तोकिएको समयभित्र उठाउन ऋणीहरुलाई कल सेन्टरमार्फत सम्पर्कमा ल्याउने, ऋण नतिरे थर्काउने, गाली गर्ने, धम्काउने जस्ता कार्य सञ्चालन गरेको पाइएको उनले बताए ।

चिनियाँ नागरिक वानजिनिओ सनसिटी अपार्टमेन्टमा बस्दै आएको र नेपाली युवा युवती प्रयोग गरी कल सेन्टर सञ्चालन गरिरहेको उजुरी परेपछि आज प्रहरीले सानोठिमीमा तीन तले घर भाडामा लिई सञ्चालन गरेको कल सेन्टरमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ४७ नेपाली महिला र ३३ पुरुष रहेका छन् । प्रहरीले सानोठिमीस्थित कल सेन्टरमा प्रयोग भइरहेको डेस्कटप कम्प्युटर १४ थान, ल्यापटप ४८ थान, आइप्याड दुई थानलगायतका उपकरण बरामद गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष