दक्षिण कोरियामा पनि विदेशी मुद्रा सञ्चितिमा कमी
सियोल । आयातकर्ताहरूद्वारा ऊर्जामा उच्च लागतका बीच पनि गत महिना दक्षिण कोरियाको विदेशी मुद्रा सञ्चितिमा कमी आएको यहाँको केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांकमा देखिएको छ ।
बैंक अफ कोरियाका अनुसार जून महिनाको अन्तमा विदेशी मुद्राको सञ्चिति ८७.०६ अर्ब अमेरिकी डलर थियो । यो मे महिनाको तुलनामा २.११ अर्ब डलरले कमी हो ।
कम्पनीहरूको स्वामित्वमा रहेको विदेशी मुद्रा निक्षेप एक महिना पहिलेको तुलनामा १.३४ अर्ब डलरले घटेर ७२.५७ अर्ब डलर पुगेको छ ।
डलरमा आएको वृद्धिपछि कोरियालीहरूले अमेरिकी डलर कोषबाट ७७ करोड अमेरिकी डलर अफलोड गर्दा उक्त सञ्चिति घटेर १४.४९ अरब अमेरिकी डलर पुगेको छ ।
जूनमा प्रति डलर १२८० दशमलब ८० रहेको कोरियाली वोनमा भने अघिल्लो महिनाको तुलनामा १२.४ वनले वृद्धि भएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया