दक्षिण कोरियामा नेपाल कल्चर तथा शैक्षिक केन्द्रको उद्घाटन
काठमाडौं । नेपालको कला संस्कृति तथा पर्यटन प्रवद्र्धनका लागि दक्षिण कोरियाको सिओलमा नेपाल कल्चर तथा शैक्षिक केन्द्रको संञ्चालन गरिएको छ । केन्द्र सञ्चालनले कोरियन नागरिकहरुका लागि नेपालको संस्कृतिबारे थप बुझ्न र समग्रमा नेपालको पर्यटन प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।
२०२२ जुलाई २१ का दिन दक्षिण कोरियाको सिओलमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव महेश्वर न्यौपाने, नेपाल पर्यटन बोर्डका सदस्यहरु मदन आचार्य र ङामा निमा शेर्पा, बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मी र सिओलका डेपुटि मेयर लगायतले उक्त सेन्टरको संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।
सेन्टरको उद्घाटन गर्दै मन्त्रालयका सचिव महेश्वर न्यौपानेले कोरियामा सांस्कृतिक तथा शैक्षिक केन्द्र उद्घाटन हुनु नेपाली र कोरियाली दुवैका लागि खुशीको विषय भएको बताए । उनले यसबाट नेपालबारे जान्न चाहने कोरियन नागरिकहरुलाई सहज हुनको साथै नेपालको प्रर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गरे ।
बोर्डका कार्यकारी प्रमुख डा। धनन्जय रेग्मीले कोभिड १९ पछिको नेपालको पर्यटन क्षेत्रको बारेमा जानकारी दिँदै नेपालले स्वास्थ्य सुरक्षा तथा अन्य प्राटोकलहरुको पालना गरकोले ढुक्कसँग नेपालको भ्रमण गर्न आग्रह गरे।
कोरियाका पर्यटन व्यवसायी,कलाकार,पत्रकार तथा नागरिक समाजका प्रतिनिधि सहभागी कार्यक्रममा चर्चित कोरियाली कमेडियन किम ब्याङ म्यानलाई कोरियाका लागि नेपाली पर्यटन सद्भावाना दूत नियुक्त गरिएको थियो । किम सन २०१५ को महाभुकम्प पछि नेपालको नुवाकोटका विभिन्न स्थानमा विद्यालय पुनःनिर्माणमा सहभागी भएका थिए ।
सद्भावना दूत नियुक्त भएपछि किमले आफुले आफ्नो टिभी कार्यक्रममा नेपालका बारेमा सामग्री राख्ने तथा नेपालमा कोरियाली सिनेमा छायांकन गर्ने समेत बताएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया