अल्ट न्युजका सहसंस्थापक २३ दिनपछि रिहा
काठमाडौं । अल्ट न्युजका सहसंस्थापक तथा पत्रकार मोहम्मद जुबैर रिहा भएका छन् ।
उनीविरुद्ध कैयौँ एफआइआर मुद्दा दर्ता भएपछि उनी तीन साताअघि पक्राउ परेका थिए । दिल्ली र उत्तर प्रदेशमा प्रहरी हिरासतमा २३ दिन बिताएपछि उनी घर फर्किएको बिबिसी हिन्दीले जनाएको छ ।
उनले आफ्नो गिरफ्तारी र त्यसपछिका घटनाक्रमका बारेमा अंग्रेजी पत्रिका द हिन्दूसँग विस्तृत कुराकानी गरेका छन्।
आफ्नो गिरफ्तारीको कारणबारे सोधिएको प्रश्नको जवाफमा मोहम्मद जुबैरले भने, ‘इमानदारीपूर्वक भन्नुपर्दा मैले आफ्नो गिरफ्तारीको अनुमान गरेको थिएँ । आल्ट न्युजमा काम गर्दा प्रतीक सिन्हा र मलाई सधैं थाहा थियो कि हामी जुनसुकै बेला गिरफ्तार हुन सक्छौं। तर जब मैले भाजपाका पूर्व प्रवक्ता नुपुर शर्माको टिभी बहसको क्लिप पोस्ट गरें, जुन भाइरल भयो र अन्तर्राष्ट्रिय प्रतिक्रियाहरू जगायो, मलाई पक्रन सकिन्छ भन्ने पक्का थियो ।’
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया