NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २६ गते

अल्ट न्युजका सहसंस्थापक २३ दिनपछि रिहा

काठमाडौं । अल्ट न्युजका सहसंस्थापक तथा पत्रकार मोहम्मद जुबैर रिहा भएका छन् ।

उनीविरुद्ध कैयौँ एफआइआर मुद्दा दर्ता भएपछि उनी तीन साताअघि पक्राउ परेका थिए । दिल्ली र उत्तर प्रदेशमा प्रहरी हिरासतमा २३ दिन बिताएपछि उनी घर फर्किएको बिबिसी हिन्दीले जनाएको छ ।

उनले आफ्नो गिरफ्तारी र त्यसपछिका घटनाक्रमका बारेमा अंग्रेजी पत्रिका द हिन्दूसँग विस्तृत कुराकानी गरेका छन्।

आफ्नो गिरफ्तारीको कारणबारे सोधिएको प्रश्नको जवाफमा मोहम्मद जुबैरले भने, ‘इमानदारीपूर्वक भन्नुपर्दा मैले आफ्नो गिरफ्तारीको अनुमान गरेको थिएँ । आल्ट न्युजमा काम गर्दा प्रतीक सिन्हा र मलाई सधैं थाहा थियो कि हामी जुनसुकै बेला गिरफ्तार हुन सक्छौं। तर जब मैले भाजपाका पूर्व प्रवक्ता नुपुर शर्माको टिभी बहसको क्लिप पोस्ट गरें, जुन भाइरल भयो र अन्तर्राष्ट्रिय प्रतिक्रियाहरू जगायो, मलाई पक्रन सकिन्छ भन्ने पक्का थियो ।’

 

ताजा अपडेट

नेपालवाच विशेष