सबइन्स्पेक्टरमा जागिर खानु परेको भन्दै युवकले गरे आत्महत्या !
काठमाडौं (एजेन्सी) । सरकारी जागिर अक्सर मानिसको पहिलो प्राथमिकतामा पर्छ । यो सम्भव नभएपछि मात्रै मानिसले अन्यबारे सोच्छन् । तर भारतमा सरकारी जागिरप्रतिको अरुचिका कारण एक सुरक्षाकर्मीले आत्महत्याको बाटो रोजेको खबर प्रकाशमा आएको छ ।
जागिरबाट असन्तुष्ट केन्द्रीय रिजर्ब पुलिस बल (सिआरपीएफ) का सब–इन्स्पेक्टरले झुण्डिएर आत्महत्या गरेका हुन् । आत्महत्या गर्ने ती सव–इन्सपेक्टरको नाम सचिन र उमेर २६ वर्ष भएको बताइएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार, हरियाणाको ढकिया निवासी उनी एक महिनाअघि मात्रै सीआरपीएफ केन्द्रको काठगोदाममा सब इन्स्पेक्टरका रूपमा नियुक्त भएका थिए।
जागिरमा नियुक्त भए पनि उनमा काम गर्ने रुचि थिएन । उनले यसबारे परिवार र साथीभाइलाई बताएका थिए । भर्खर प्रहरीमा नियुक्त छाेरालार्इ कन्भिन्स गर्न २२ जुलाईमा बुबा विजय कुमार र आमा उनी कार्यरत अड्डामै पुगेका थिए । परिवारसँगकाे भेटपछि अर्को जागिर नमिलेसम्म यही काम गर्ने सहमति थियो ।
शनिबार बिहान छोरालाई भेटेपछि उनका बाबुआमाले सीआरपीएफ केन्द्र छोडे । तर बीच बाटोमै छोराको मृत्यु भएको खबर उनीहरूले सुन्नुपर्यो ।
उनले पासो लगाएर आत्महत्या गरेको बताइएको छ ।
समाचारमा जनाइएअनुसार, सचिनको तीन महिनाअघि मात्र विवाह भएको थियो । मृत्युलाई अगाल्नुअघि उनले श्रीमतीसँग फोनमा कुरा पनि गरेका थिए ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया