अमेरिकी फेसन म्यागजिन ‘भग’ को कभर पृष्ठमा अञ्जली लामा

काठमाडौं । अमेरिकाको विश्वचर्चित फेसन म्यागजिन भगले नेपाली सुपरमोडल अञ्जली लामाको कभर पृष्ठमा तस्विर राखेको छ । ‘फेसनको बाइबल’ मानिने भगको कभरमा स्थान पाउने उनी दोस्रो नेपाली हुन् ।
यसअघि फेसन डिजाइनर प्रबल गुरुङलाई पनि भगले कभरमा स्थान दिएको थियो । भगको भारतीय संस्करणको अगस्ट महिनाको कभरमा अञ्जलीलाई देख्न पाइनेछ ।
अल्पसंख्यक लैंगिक समुदायको प्रतिनिधित्व गर्दै मोडलिङमा लागेकी अञ्जलीले न्युयोर्क फेसन विकमा र्याम्प नापेकी छन् । उनी हालै छायांकन सम्पन्न एक बलिउड हलिउड संयुक्त लगानीको चलचित्रमा पनि देखिएकी छिन् ।
उक्त चलचित्रमा उनलाई बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजसँग देख्न सकिन्छ ।
ताजा अपडेट
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
-
एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
प्रतिक्रिया