लागुऔषध कारोबारमा दम्पतिसहित तीन पक्राउ
जलेश्वर । भारतबाट लागुऔषध बोकेर नेपाल आएका दम्पतिसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउपर्नेमा सिन्धुली जिल्लाको दूधौली नगरपालिका-१० बस्ने २७ वर्षीय पति प्रदीप सेन्चुरी, निजकी पत्नी २६ वर्षीया दिलमाया भुजेल र २२ वर्षीय आफन्त विशाल सेन्चुरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।
आइतबार भारतको बिहार राज्यको सीतामढी जिल्लाको कन्हमा सहरबाट लागुऔषध बोकी नेपाल प्रवेश गरेका तीनै जनालाई महोत्तरीको औरही नगरपालिका-४कठुधारस्थित प्रहरी चौकीका प्रहरीले शङ्का लागि जाँच गर्दा उनीहरु पक्राउ परेका थिए ।
उनीहरुको साथबाट प्रहरीले नेपालमा प्रतिबन्धित नाइट्राभेट-१० लेखिएको ९९ पिस लागुऔषध बरामद बरामाद भएको र तीनै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको थियो ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया