बुटवलपछि काठमाडौंको कल सेन्टरमा पनि प्रहरीको छापा
काठमाडौं । बुटवलपछि काठमाडौंको एक कल सेन्टरमा पनि नेपाल प्रहरीले छापा मारेको छ ।
तीनकुनेमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरी परिसर, काठमाडौंको एक टोलीले सोमबार छापा मारेको हो ।
त्यहाँस्थित एउटा घर भाडामा लिएर कल सेन्टर चलाइरहेको सूचनाका आधारमा छापा मारिएको काठमाडौं प्रहरीले जनाएको छ ।
सो घरबाट ल्यापटप लगायतका विद्युतीय उपकरण एसएसपी भरत बोहोराले जानकारी दिए ।
चिनियाँ नागरिकले चलाएको उक्त कल सेन्टरबाट साइबर अपराध हुने गरेको प्रहरीको आशंका छ । त्यसबारे मुचुल्का उठाएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
आइतबार पनि प्रहरीले बुटवलबाट कल सेन्टर चलाइरहेका सात सञ्चालकसहित १५० भन्दा बढी मानिस पक्राउ परेका थिए । ती कल सेन्टर पनि विदेशीले नै सञ्चालन गरको प्रहरीको दाबी छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया