गायिका सुनारको हत्या आरोपी श्रेष्ठ कारागार चलान
काठमाडौं । लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या अभियोगमा उनका प्रेमी खिलबहादुर श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ ।
आइतबार न्यायाधीश कृष्णजंग शाहको इजलासमा भएको थुनछेक बहसपछि श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
काठमाडौंको नेपालटारस्थित आफ्नै कोठामा मृत भेटिएकी गायिका दिलमाया सुनारको हत्या भएको आरोप लगाउँदै बुबा केसर विकले प्रहरीमा किटानी जाहेरी दिएका थिए ।
प्रहरीले उनका प्रेमी श्रेष्ठलाई पक्राउ गरेको थियो । मृतकका प्रेमी श्रेष्ठले दिलमायाले आत्महत्या गरेको भन्दै हत्या आरोप अस्वीकार गरेका थिए ।
श्रेष्ठ केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलमा चलान भएका काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया