विजु र सुनिशाको अभिनयमा ‘जिन्दगीमा’ गीत सार्वजनिक

काठमाडौं । नितिन गजुरेलको स्वरमा ‘जिन्दगीमा’ बोलको गीत सार्वजनिक भएको छ। नितिनलाई उक्त गीतमा अस्मिता अधिकारीले साथ दिएकी छन् ।
गीतको भिडियोमा विजु पार्की र सुनिशा बजगाईं अभिनय रहेको छ । मुनाल शिशिर कोइरालाले निर्देशन गरेको भिडियोलाई राजेश थापाले संगीत दिएका छन् ।
गीतको शब्द स्वंय मुनाल शिशिरले नै लेखेका हुन् उत्सव दाहालको छायांकन रहेको भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका हुन् ।
गीतमा बलात्कृत नारीले आत्मसम्मान र स्वाभिमानका साथ जिउन पाउनुपर्छ भन्ने भाव देखाउन खोजिएको छ ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया