कलाकार लामाको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
काठमाडौं । कलाकार एवं लोकगायक जयनन्द लामाको निधनप्रति प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । लामाको निधनले गीतसंगीत, चलचित्र एवं हास्य क्षेत्रका एक ओली साधक गुमाएको टिप्पणी देउवाले गरेका छन् ।
‘कलाकार एवं लोकगायक जयनन्द लामाको असमायिक निधनबाट मुलुकले गितसंगीत, चलचित्र एवं हास्य क्षेत्रका एक असल साधक गुमाएको छ । दिवङगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।’ देउवाले भनेका छन् ।
६६ वर्षीय लामाको गएराति निधन भएको थियो ।
आफ्नै गाडीबाट ओर्लने क्रममा टाउको सडकमा जोतिएको शरिरको अरु भाग गाडीमै रहेको स्थितिमा बुधबार बिहान लामाको शव भेटिएको प्रहरीले जनाएको छ ।
बौद्धबाट राति फर्किएका लामाको कारबाट ओर्लने क्रममा लडेर मृत्यु भएको हुन सक्ने बताइएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया