गडरिया दम्पतीको हत्या भएको पुष्टि
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१४ ओढारपुरका गडरिया दम्पतीको हत्या भएको पुष्टि भएको छ ।
इलाका प्रहरी कार्यालय, कोहलपुरले आज पत्रकार सम्मेलनको आयोजना गरी कृष्ण गडरिया र उनकी श्रीमती अञ्जली गडरियाको हत्या दाइ र भाउजूको मिलेमतोमा भएको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए ।
उनका अनुसार कृष्णका दाइ विजय र भाउजूू रेखाले भारतबाट दुईजना कन्ट्रयाक किलर (हत्यारा)लाई बोलाएर कृष्ण र अञ्जलीको हत्या गरिएको हो । कृष्ण र अञ्जलीको हत्या गर्न भारतबाट दुई जनालाई रु ५०÷५० हजार दिएर बोलाइएको थियो । गए राति ११ देखि १२ बजेको बीचमा कृष्ण र अञ्जलीको हत्या भएको प्रहरीले जनाएको छ ।
भाइ र बुहारीको हत्या गर्न विजयले दुई जना भारतीयलाई केही दिनअघि कृष्ण र अञ्जली सुत्ने ठाउँ, जाने बाटो, ढोकालगायतको भिडियो बनाएर दिएका थिए । दुई जनाको हत्या हुँदा माथिल्लो तलामा विजय र रेखा रहेको भनिए पनि हत्या हुँदा विजय तल नै रहेको प्रहरीको दाबी छ । घटनास्थलमा गोलीको खोकासमेत फेला परेको छ । दाइ र भाउजू दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया