विमानमा यात्रुलाई दिइएकाे खानामा सर्पको टाउको भेटियो

काठमाडौं । टर्की एयरलाइन्स कम्पनीको सनएक्सप्रेसको फ्लाइटमा यात्रुलाई दिइएको खानामा सर्पको काटिएको टाउको भेटिएको छ । अंकाराबाट जर्मनीको डसेलडोर्फ गइरहेको उडानका क्रममा दिइएको खानामा सर्प भेटिएको हो ।
उनले खाना खाँदै गर्दा आलुको तरकारीमा उक्त टाउको देखिएको हो । उक्त कुरा सार्वजनिक भएसँगै एयरलाइन्सले फुड सप्लायरसँग समझौता तोडेको छ ।
एयरलाइन्सका अनुसार ३० वर्षको अनुभवमा यस्तो पहिलोपटक देखिएको बताएका छन्। तर खाद्यान्न आपूर्ति गर्ने कम्पनीले सो कुरा अस्वीकार गरेको छ । उक्त विषयमा अनुसन्धान सुरु गरिएको एयरलाइन्सले जनाएको छ ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री डा राणा र जापानी विदेशमन्त्रीबीच भेट
-
नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाएको आरोपमा मुद्दा
-
युनाइटेड सिमेन्ट्सकाे नि:शुल्क सिलाई-कटाई प्रशिक्षण कार्यक्रम सम्पन्न
-
‘बजेटमा साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’
-
पतञ्जली जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन अख्तियार पठाइने
प्रतिक्रिया