भारतमा चट्याङ र वर्षाका कारण २६ जनाको मृत्यु
नयाँ दिल्ली । पूर्वीराज्य बिहारमा चट्याङ र वर्षाजन्य घटनामा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका सरकारी सञ्चारमाध्यम अल इन्डिया रेडियोले जनाएको छ ।
मङ्गलबार देशका आठ जिल्लामा मेघगर्जन र चट्याङसहितको भारी वर्षाले जनजीवन प्रभावित भएको थियो । चट्याङ लागेर ज्यान गुमाउनेमा अधिकांश खेतमा काम गरिरहेका किसान छन् ।
कैमुरमा सबैभन्दा बढी नौ जनाको मृत्यु भएको छ भने भोजपुर, पटना, जेहानाबाद, रोहतश, औरङगाबाद, अरवाल र सिवान जिल्लामा १७ जनाको मृत्यु भएको समाचार रेडियोले प्रसारण गरेको छ ।
आगामी ४८ घण्टामा देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहारका मुख्यमन्त्री नितिश कुमारले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई आर्थिक सहयोगको घोषणा गरेका छन् ।
मुख्यमन्त्रीले मृतकका परिवारजनलाई चार लाख दिने घोषणा गरेका विहार राज्य सरकारका प्रवक्ताले बताएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया