मिश्रले भने–पूर्वप्रधानमन्त्रीहरू मात्र समस्या होइनन्
काठमाडौं । विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले भूतपूर्व प्रधानमन्त्रीमात्र समस्या नभएको बताएका छन् ।
पछिल्लो समय पूर्व प्रधानमन्त्री र शीर्ष नेताहरूविरुद्ध उम्मेदवारी दिने र चुनावमा हराउने चेतावनी दिने लहर बढेपछि मिश्रले सामाजिक संजालमा लेख्दै पूर्वप्रधानमन्त्रीहरू सहित अरु पनि समस्या भएको बताएका हुन् ।
उनले सरकारी वेतनधारी र पेशाकर्मीहरूको ‘दलीय’ भातृ संगठन, सर्वोच्च र अख्तियार जस्ता निकायको राजनीतिकरण, नागरिकतामा ७ वर्षे सीमा तथा महिला र पुरुषबीचको विभेद, शिक्षा र स्वास्थ्यको छाडा व्यापारीकरण समस्याको रुपमा रहेको बताएका हुन् ।
राष्ट्रिय स्वाभिमानमाथिको निरन्तर प्रहार जस्ता गम्भिर विषयविरूद्ध नबोल्ने सबैलाई बहिष्कार गरौँभन्दै उनले भनेका छन्, ‘ती सबै राष्ट्रघाती नै हुन्। देशको राजनीतिक विकृति पुरानो पुस्तासँग मात्र जोडिएको छैन। प्रवृत्तिसँग जोडिएको छ।’
ताजा अपडेट
-
मित्रराष्ट्रहरूसँग बेलैमा सहयोग मागेको भए थप व्यक्तिहरूको ज्यान जोगाउन सकिन्थ्यो
-
भोटेकोशी बाढी : खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मी र राष्ट्रसेवकलाई जोखिम भत्ता
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
सरकारले भदौ २३ गते जेनजी दिवस मनाउन सार्वजनिक बिदा दिने
-
भोटेकोशी बाढी : ११ हजार ९९३ जनाको उद्धार


प्रतिक्रिया