राष्ट्रियसभाबाट दुई विधेयक पारित
काठमाडौं । राष्ट्रियसभाको बैठकले दुई विधेयक संशोधनसहित सर्वसम्मतिले पारित गरेको छ ।
राष्ट्रियसभाको आज बसेको बैठकले ‘नेपाल इञ्जीनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’ पारित गरेको हो । उक्त दुवै विधेयक प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस् भनी प्रस्तुत भएको थियो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले नेपाल इञ्जीनियररिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ सदनसमक्ष प्रस्तुत गरेका थिए ।
‘कारागार विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया