एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा पलविरुद्ध मुद्दा दायर
काठमाडौं । अभिनेता तथा मोडल पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको मुद्दा दायर भएको छ ।
एक नाबालिग गायिकालाई विवाह गर्छु भनेर फकाएर जबर्जस्ती यौन सम्बन्ध राखेको आरोपमा उनीविरुद्ध जाहेरी दर्ता भएको हो । गायिका नाबालिका भएकोले सहमतिमै शारीरिक सम्पर्क भएपनि कानुन लाग्ने भन्दै विभिन्न सरोकारवाला यस विषयमा बोल्दै आएका छन् ।
यस बीचमा एनाबालिग गायिकाले मुद्दा दायर गरेकोबारे स्रोत बताएको छ । स्रोतका अनुसार यस अगाडि जिल्ला प्रहरी कार्यालय कास्कीमा शाहविरुद्ध जाहेरी दर्ताको प्रयास भएको थियो । कास्कीले आफ्नो कार्यक्षेत्र नपरेको भन्दै एक महिना अगाडि नै तनहुँमा जाहेरी दर्ता गर्न सुझाव दिएको थियो ।
एक दिनअघि मात्रै नायक शाह र एक नाबालिग गायिकाबीचको अन्तरंग अडियो सार्वजनिक भएको थियो । शाहले गर्लफ्रेन्ड र ब्वाइफ्रेन्डबीच शारीरिक सम्पर्क सामान्य हो । गर्भवती छौँ ? भनेर गायिकालाई भनेको अडियो सार्वजनिक भएको थियो ।
त्यसलगत्तै शाहले सामाजिक सञ्जालमार्फत उक्त अडियो वास्तविकताभन्दा धेरै पर रहेको र गायिकालाई व्यावसायिक प्रतिस्पर्धीले उकासेको भन्ने अभिव्यक्ति दिएका थिए ।
यो समाचारमा असाबधानीपूर्वक नाबालिग गायिकाको नाम उल्लेख भएकोमा सच्याइएको छ : सम्पादक ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया