झापामा लागू औषधसहित दुईजना पक्राउ

झापा । जिल्लाको मेचीनगर नगरपालिका–६ मेची पुलबाट प्रहरीले बिहीबार दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको सिक्किमका ३० वर्षीय मेगवीर लिम्बू र उनका भाइ २३ वर्षीय बुद्धवीर लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले दुवै जनालाई पक्राउ गरेको हो ।
प्रहरीले बुद्धवीरको साथबाट लागुऔषध तथा तीन थान मोबाइलसमेत बरामद गरेको छ । दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
प्रतिक्रिया