वीरगञ्जबाट ९० लाख मूल्यको सामान वरामद
वीरगञ्ज । पर्साको वीरगञ्जबाट रु ९० लाख बरावरको विभिन्न मालसामान बोकेको एउटा ट्रकलाई सशस्त्र प्रहरीको टोलीले कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ ।
बिल बिजकभन्दा फरक भएको विद्युतीय सामान, औषधिलगायतका सामान बोकेको ना ६ ख ९९०५ नम्बरको ट्रकलाई कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्साका सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए ।
विषेश सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका–१४ स्थित गण्डक चोकबाट नियन्त्रणमा लिएर ट्रक र मालसमानको रु ९० लाख ७५ हजार ४१६ बराबरको मूल्याङ्कन गरी कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया