मंकिपक्सबाट भारतमा एक जनाको मृत्यु
काठमाडौं (एजेन्सी) । दुई दिन पहिले भारतको दक्षिणी राज्य केरलामा मृत्यु भएका एक युवकलाई मङ्कीपक्स संक्रमण पुष्टि भएको छ ।
हालै संयुक्त अरब इमिरेट्स (यूएई) बाट केरला आएका २२ वर्षीय युवकको शनिबार मृत्यु भएको हो । उनको मृत्युपछि परीक्षण गरिएको नमूनामा भाइरस भेटिएको केरलाका स्वास्थ्यमन्त्री वीणा जर्जले पुष्टि गरे ।
मङ्कीपक्स सङ्क्रमिण पुष्टि भएका मृतक युवकको सम्पर्कमा आएका बीस जनालाई ‘उच्च जोखिम’ को रूपमा वर्गीकृत गरी चिकित्सकको निगरानीमा राखिएको छ ।
केरलामा भाइरस संक्रमणबाट मानिसको मृत्यु भएपछि राज्य सरकारले उनको मेडिकल रिपोर्ट चेकजाँच गर्न उच्चस्तरीय समिति गठन गरेको जनाएको छ ।
विश्वका विभिन्न देशमा मङ्कीपक्स भाइरस फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गत महिना मङकीपक्स भारइरसको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य सङ्कटका रूपमा घोषणा गरेको थियो ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया