१६ अल्पविकसित देशका वस्तुमा शून्य कर लगाउने चीनको घोषणा
काठमाडौं (एजेन्सी) । चीनले विभिन्न १६ अल्पविकसित देशहरूमा उत्पन्न हुने करयोग्य वस्तुहरूमा कर लाग्ने ९८ प्रतिशत वस्तु र सेवामा शून्य कर लगाउने भएको छ।
राज्य परिषदको भन्सार शुल्क आयोगले सोमबार जारी गरेको विज्ञप्तिमामार्फत सोबारे जानकारी गराइएको छ।
सेप्टेम्बर १ मा लागू हुने सो नीतिले ती देशहरूसँग बजारका विभिन्न अवसरहरू आदान–प्रदान गर्न र साझा विकासको लागि जोड दिँदै मानव जातिको साझा भविष्य भएको समुदायको निर्माणलाई प्रवर्द्धन गर्न मद्दत पुग्ने पनि विज्ञप्तिमा भनिएको छ।
चीनसँग कूटनीतिक सम्बन्ध भएका सबै अल्पविकसित देशहरूमा यो व्यवस्था क्रमशः विस्तार हुने विज्ञप्तिमा उल्लेख गरिएको छ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया