सयपत्री हाइड्रोपावरको आइपिओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडाैं । सयपत्री हाइड्रोपावर लिमिटेडको आइपिओमा आवेदन दिने आज साउन १७ गते अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।
कम्पनीलृ साउन १३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गरेको हो । यसमध्ये ५५ अर्थात ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २५ अर्थात १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । यसमा प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिन्छ ।
आइपीओमा सी–आस्वा सदस्य रहेका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । साथै, मेरोसेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।
ताजा अपडेट
-
श्रम मन्त्रालयले घोषणा गर्याे श्रमदान योजना
-
श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल
-
तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो
-
बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’ सुरु हुँदै
-
श्रमिकका अधिकार सुनिश्चित गर्न मानव अधिकार आयोगको माग
प्रतिक्रिया