सरकारले कुरा सुनेन, पूरा गराउन धर्ना बस्दै नरेन्द्र मोदीका भाइ
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ प्रह्लाद मोदी सरकारले आफ्नो माग सम्बोधन नगरेपछि धर्नामा बस्ने भएका छन् । त्यसका लागि उनले दिल्लीको जन्तर मन्तर राेजेका छन् ।
प्रह्लाद अल इन्डिया फेयर प्राइस शप डिलर्स फेडरेशन (आईएफपीएसडीएफ) का उपाध्यक्ष हुन् ।
धर्नामा उनलाई एआईएफपीएसडीएफका अन्य सदस्यहरूले साथ दिनेछन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार, आईएफपीएसडीएफले धर्नापछि आफ्ना माग सम्बोधनका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र पनि बुझाउँदै छ ।
त्यसैगरी, यसका सदस्यहरूले बुधबार लोकसभा अध्यक्ष ओम बिरलालाई भेट्ने योजना पनि बनाएका छन्।
चामल, गहुँ र चिनीमा भएको नोक्सानीको क्षतिपूर्तिसहित नौवटा माग एआईएफपीएसडीएफले अघि सारेको छ ।
पश्चिम बङ्गालले अवलम्बन गरेको ‘रासन मोडल’ देशभर लागू गर्नुपर्ने अर्को माग पनि उसको छ ।
ताजा अपडेट
-
मौसममा पश्चिमी प्रणाली सक्रिय, वर्षा साथै यी ठाउँमा अचाक्ली गर्मी बढ्ने
-
नेपालगन्ज भन्सारः दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
अनौपचारिक क्षेत्रमा श्रमिक : ६६.२% श्रमिकले पूरा ज्याला नै पाएनन्


प्रतिक्रिया