मन्दाकिनी हाइड्रोपावरको आइपिओ बाँडफाँट सम्पन्न, भाग्यमानी ९ जनाले पाए ११ कित्ता सेयर
काठमाडाैं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आइपिओ बाँडफाँट सम्पन्न भएको छ । आइपिओ बाँडफाँट दिउँसो ४ बजे क्यापिटलकै कार्यलय नक्सालमा सम्पन्न भएको हो ।
बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार आइपिओमा कुल १५ लाख ४७ हजार ९ सय ४९ जनाको आवेदकबाट कुल १ करोड ६९ लाख १६ हजार ९ सय ८० कित्ताको लागि आवेदन परेको थियो । जसमध्ये १ हजार ६ सय ६५ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका १५ लाख ४६ हजार २ सय ८४ जनालाई गोलाप्रथाको माध्यमबाट सेयर बाँडफाँट गरिएको छ ।
जस अनुसार १ लाख ९ हजार ३ सय ७४ जनाले सेयर पाएका छन् । यीमध्ये भाग्यमानी ९ जनाले ११ कित्ता सेयर पाएका छन् भने बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् ।
क्यापिटलले साउन ९ गतेदेखि साउन १२ गतेसम्म सर्वसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो ।
आइपिओको नतिजा हेर्न भने केही समय कुर्नुपर्ने छ । नतिजा ४ तरिकाबाट हेर्न सकिने छ । आइपिओको नतिजा बिओके क्यापिटलको वेबसाइट, सिडीएससीको मेरोसेयरको वेबसाइट, सिडीएसले आइपिओको लागि सञ्चालन गरेको वेबसाइट, मन्दाकिनी हाइड्रो कम्पनीको वेबसाइटबाट हेर्न सकिने छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया