बझाङमा १२ किलो लागुऔषधसहित एक जना पक्राउ
बझाङ । जिल्लास्थित वित्थडचिर गाउँपालिका–८ बागथलाबाट १२ किलो लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दार्चुला शैल्यशिखर नगरपालिका–१ का ४३ वर्षीय वीरेन्द्रबहादुर खडायत रहेका छन् ।
अस्थायी प्रहरी चौकी बागथलामा खटिएको नियमित जाँच टोलीले बुधबार उनलाई पक्राउ गरेको थियो । बझाङ सदरमुकाम चैनपुरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १११९ नम्बरको बसमा सवार उनलाई अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरीले जाँच गर्दा सो लागुऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया