सत्तासाझेदार दलको बैठक बस्दै, मुख्य एजेन्डा चुनाव
काठमाडौं । सत्तासाझेदार दलको बैठक आज बस्दैछ । सरकारले आगामी मंसिर ४ का लागि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेको भोलिपल्ट सत्तागठबन्धनका दल संवादमा बस्न लागेका हुन् ।
बैठक शुक्रबार बिहान ९ बजे बालुवाटारमा बस्ने तय छ ।
सरकारले निर्वाचन घोषणा गरेकाले कसरी सहभागी हुने भन्ने विषयमा छलफल केन्द्रित हुने बताइएको छ ।
सत्तागठबन्धनमा आबद्ध दल प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि स्थानीय तह निर्वाचनमा जस्तै तालमेल गरेर जाने मनस्थितिमा छन् । तर सिट बाँडफाँटको विषय केही पेचिलो देखिएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया