के छ यो भाइरल तस्बिरको वास्तविकता ?
काठमाडौं । कुनैबेला देश नै टुक्र्याउने मुद्दा लिएर अघि बढेका डा. सिके राउत शान्ति प्रक्रियामा मात्र आएनन् सन्यासी बन्न ओशो तपोवनसम्म पुगे ।
करिब नौ दिन लामो साधनापछि उनले आनन्द मैत्रय नामसमेत पाए ।
काठमाडौंको रानीवनस्थित ओशो तपोवनमा ध्यान गरिरहेका राउतका विभिन्न तस्बिर बाहिरिए । तर, एउटा तस्बिरले भने अलि बढी नै चर्चा पायो ।
सो तस्बिरमा राउत उत्तानो परेर ध्यानमा मग्न छन् । सोहीबेला एक महिला उनको छातीमा हात राखेर सुतिरहेकी छिन् । यो तस्बिरलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको छ ।
ओशो तपोवन स्रोतका अनुसार यो तस्बिर राउतलाई सन्यास दीक्षा दिने बेला लिइएको हो । उनलाई महिलाको शक्ति प्रदान गर्न यस्तो गरिएको तपोवनका एक सदस्यले बताए ।
स्वामी आनन्द अरुणले सन्यास दिलाउने क्रममा माताको शक्ति दिलाउने गरेका छन् । राउतले तिनै माताबाट शक्ति लिइरहेको बेला यो तस्बिर लिइएको बताइएको छ ।
सिके राउतपछि कुलमान पनि लागे सन्यासी हुने बाटोमा (५ तस्बिरसहित)
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया