उदयपुरका बाढीपीडितलाई राहत
उदयपुर । उदयपुरको बेलका नगरपालिकाको विभिन्न स्थानमा सप्तकोशी नदीको बाढी प्रवेश गर्दा विस्थापितलाई प्रदेश सरकारसहित विभिन्न क्षेत्रबाट राहत सहयोग गर्न थालिएको छ ।
नगरपालिकाका मेयर अशोक कार्कीका अनुसार जिल्ला प्रशासन कार्यालय मोरङसहित प्रदेश नम्बर १ सरकारसहितका विभिन्न निकायबाट बाढीबाट विस्थापितलाई राहत दिइएको छ । उपमेयर जीरा राईका अनुसार जिल्ला प्रशासनबाट बाढी पीडितको लागि चाउचाउ, पानी, म्याट, भुजा, बिस्कुटसहितका सामग्री उपलब्ध गराइएको छ । प्रदेश १ सरकारबाट चामल, दाल, खाने तेल र नुन सहयोग दिइएको छ ।
बाढी पीडितलाई नगरको विभिन्न स्थानको विद्यालयमा राखिएको र उनीहरूलाई खान, बस्न र अन्य उपभोग्य सामग्रीको नपुग व्यवस्था नगरपालिकाले गरिरहेको छ ।
सोमबार र मङ्गलबार आएको सप्तकोशी नदीको बाढीले बेलकाको कोशी नदी तटीय क्षेत्रका सिसौलिया, डुम्रीबोट, सातपत्रे, एबिसी, श्रीलङ्का टापु, तपेस्वरी, करैया, भागलपुरसहितका स्थानका दुई हजार पाँच सय विस्थापित भएको नगरपालिकाले जनाएको छ ।
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया