ला लिगाले बार्सिलोनाका यी पाँच नयाँ खेलाडी किन दर्ता गर्न चाहेन ?
काठमाडौं । आक्रामक रुपमा नयाँ खेलाडीहरू भित्र्याइरहेको बार्सिलोना फुटबल क्लब संकटमा परेको छ । स्पेनिस ला लिगाले बार्सिलोनाका हालै अनुबन्धित नयाँ खेलाडी दर्ता गर्न अस्वीकार गरेपछि बार्सिलोना संकटमा परेको हो ।
फाइनान्सियल फेयर प्लेको कडाइको कारण देखाउँदै ला लिगाले बार्सिलोनामा आबद्द पाँच नयाँ खेलाडी दर्ता गर्न अस्वीकार गरेको हो ।
यतिबेला बार्सिलोना गम्भीर आर्थिक समस्यामा छन् । यसमा बाबजुत बार्सिलोनाले रोबर्ट लेवान्डोस्की, राफिन्हा, जुल्स कुन्डे, फ्रान्क केसी र एन्ड्रियस क्रिस्टनसेनलाई अनुबन्ध गरेको थियो ।
आर्थिक समस्या हुँदासमेत खेलाडी अनुबन्धमा आक्रामक देखिएपछि ला लिगाले बार्सिलोनाको नियतमाथि शंका गरेको छ । अब यसबारे अनुसन्धान हुने बताइएको छ ।
ताजा अपडेट
-
इन्सपेक्टर पौडेलले गरे सगरमाथा आरोहण
-
ग्रिनकार्डको प्रलोभनमा बिहे गरेर चीनमा नेपाली युवतीको तस्करी
-
सिडिओ कार्यालयका अधिकृतलाई गोली हानी हत्या गर्ने १६ वर्षपछि समातिए
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक
-
वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब व्यापार घाटा
प्रतिक्रिया