अमेरिकी राष्ट्रपति बाइडेनको कोरोना रिपोर्ट ‘नेगेटिभ’
काठमाडाैं । अमेरिकी राष्ट्रपति जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनी कोभिड संक्रमण भएर आइसोलेसनमा बसेका थिए ।
उनको स्वास्थ्य परीक्षणमा शनिबार कोभिड रिपोर्ट नेगेटिभ आएको उनका चिकित्सकले जानकारी दिएका छन् । ह्वाइट हाउसका फिजिसियन केभिन ओ कनरले सो कुराको जानकारी दिएका हुन् ।
उनले राष्ट्रपति बाइडेन अहिले पनि आइसोलेसनमा रहेको तर उनलाई धेरै ठिक भएको उनका चिकित्सक ओ कनरले जानकारी दिए ।
उनले खोपको पूर्ण मात्रा लिनुका साथै दुई पटकसम्म बुस्टर डोज पनि लगाएका छन् । उनलाई पहिलो पटक गत जुलाई २१ मा कोभिड संक्रमण देखिएको थियो । त्यसपछि एक हप्तासम्म आइसोलेसनमा रहेका बाइडेनलाई निको भएको थियो ।
राष्ट्रपति बाइडेनलाई पुनः जुलाई ३० मा कोभिड सक्रमण देखिएको हो । शनिबार गराएको स्वास्थ्य परीक्षणमा उनको कोरोना नेगेटिभ रिपोर्ट आएको हो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया