मधेश प्रदेशले दियो संघीय सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी

काठमाडौं । मधेश प्रदेश सरकारले संघीय सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । आगामी निर्वाचन अगावै प्रहरी समायोजन टुंग्याउन माग गर्दै प्रदेश प्रमुखलाई आइतबार बुझाइएको ज्ञापनपत्रमा यस्तो चेतावनी दिइएको हो ।
मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत साहको नेतृत्वमा प्रदेश सरकारको टोलीले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘७ दिनभित्र प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्ने प्रक्रिया आरम्भ नगरिए शान्तिपूर्ण अहिंसात्मक आन्दोलन गर्न बाध्य हुनछौं ।’
ज्ञापनपत्र बुझाउन सञ्चारमन्त्री साहसँगै मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, उद्योग वन तथा पर्यटनमन्त्री शत्रुधन महतो, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजय यादव, खानेपानी तथा उर्जामन्त्री ओमप्रकाश शर्मा प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया