NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

सिट बाँडफाँटका लागि पाँचदलीय कार्यदलको बैठक बस्दै

काठमाडौं । प्रदेश र प्रतिनिधिसभाको सिट बाँडफाँटका लागि सुझाव दिन गठित सत्तारूढ पाँचदलीय कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ । सुरुमा गठबन्धनको आधार र मापदण्डबारे छलफल गर्ने एजेण्डा छ ।

सोमबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेकाे हाे । साेमबार बस्ने पहिलाे कार्यदल बैठकले घोषित प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सत्तासाझेदार दलबीच तालमेल गर्ने आधार र मापदण्डबारे छलफल गर्ने बताइएकाे छ ।

सैद्धान्तिक रूपमा सत्तासाझेदार दल गठबन्धन बनाएर आगामी निर्वाचनमा जान सहमत भए पनि यसको मोडालिटी र आधारबारे भने अनिर्णित छन् । त्यसैले पार्टीका नेताहरूसँग परामर्श गरेर सुरुमा आधार र मापदण्ड टुंगो लागेपछि सिट बाँडफाँटबारे छलफल गर्ने कार्यदलको योजना छ । तर दलहरूले यसबारे निक्र्योल दिइनसकेकाले आजको बैठक औपचारिकतामा सीमित हुने अवस्था छ ।

तालमेलको आधार टुंगो लाग्न बाँकी रहेकाले सुरुमा यसबारे छलफल हुने कार्यदलका एक सदस्यले जानकारी दिए ।

गत स्थानीय तह निर्वाचनमा तालमेल गरेर सहभागी भएका सत्तासाझेदार दलले आगामी प्रदेश र प्रतिनिधिसभामा पनि त्यसलाई निरन्तरता दिने मनस्थिति बनाएका छन् । तर गठबन्धन कसरी गर्ने भन्नेमा द्विविधा देखिएको छ । यसलाई टुंगो लगाउन सत्तासाझेदार दलले कार्यदल गठन गरेका हुन् । कार्यदललाई यही साउन मसान्तभित्र सिट बाँडफाँटको मोडालिटीसहित सुझाव दिन कार्यादेश छ ।

ताजा अपडेट

नेपालवाच विशेष