NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

कृषि विकास बैंकको ‘लखपति करोडपति धमाका योजना’ यस्ता छन् विशेषता

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले मुद्दती निक्षेप योजनाअन्तन्तर्गत हजार राखे लाख पाउने र लाख राखे करोड भुक्तानी पाउने योजना ल्याएको छ ।

उक्त निक्षेप योजनालाई सो बैंकले लखपति करोडपति धमाका मुद्दती निक्षेप योजनाअन्तर्गत ल्याएको हो । जसमा व्यक्तिगत ग्राहकले ५९ हजार ३५५ रूपैयाँ र रेमिट्यान्स ग्राहकले ५६ हजार ६२६ रूपैयाँ जम्मा गरी मुद्दती निक्षेप खोलेमा पाँचवर्षपछि कर कट्टीसहित एकलाख भुक्तानी दिने बैंकले जनाएको छ ।

त्यस्तै, व्यक्तिगत ग्राहकले ५९ लाख ३५ हजार ५०० रूपैयाँ र रेमिट्यान्स ग्राहकले ५६ लाख ६२ हजार ६०० रूपैयाँ जम्मा गरेमा पाँचवर्षपछि कर कट्टीसहित एकमुष्ठ एककरोड भुक्तानी दिने बैंकले जनाएको छछ ।

यो योजनाअन्तरगत नै हाल जम्मा गरेको रकमको निश्चित अवधिपछि दुई गुणा, तीन गुणा र पाँच गुणासम्म प्रतिफलमा एकमुष्ठ भुक्तानी दिने योजनासमेत बैंकले ल्याएको जछ । बैंकले यस्तो सुविधा लिने व्यक्तिगत तथा रेमिट्यान्स ग्राहकका लागि क्रेडिट कार्डमा ९० प्रतिशतको लिमिट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेविट कार्ड, डिम्याट, सिआश्वाको रजिष्ट्रेशन शुल्क निशुल्क गरी लकर सेवामा ५० प्रतिशत छुट हुने बैंकले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष