बालुवाटारमा सिट बाँडफाँटबारे छलफल गर्दै गठबन्धन कार्यदलका सदस्य
काठमाडौं । आगामी मंसिर ४ हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका विषयमा छलफल गर्न गठबन्धन कार्यदलको बैठक अहिले बालुवाटारमा जारी छ ।
कार्यदल गठनपछि बसेको पहिलो बैठकमा सिट बाँडफाँटको मापदण्डका विषयमा छलफल हुने बालुवाटारनिकट स्रोतले जानकारी दियो ।
गठबन्धनका शीर्ष नेताहरूले सिट बाँडफाँटका लागि तीन दिनअघि मात्र ११ सदस्यीय कार्यदल गठन गरेकका थिए ।
कार्यदलमा नेपाली कांग्रेसबाट तीन तथा अन्य दलबाट दुई-दुई जना सदस्य रहेका छन् ।
कार्यदलमा कांग्रेसबाट पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र महामन्त्री गगन थापा रहेका छन् ।
यस्तै, नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र अर्थमन्त्री जनार्दन शर्मा रहेका छन् ।
नेकपा (एकीकृत समाजवादी)बाट बेदुराम भुसाल र प्रमेश हमाल कार्यदलका सदस्य रहेका छन् ।
यसैगरी, जसपाबाट रामसहायप्रसाद राय र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया