हुण्डीमार्फत कारोबार गरेको अभियोगमा मुद्दा दायर
काठमाडौं । राजस्व अनुसन्धान विभागले गैरकानूनीरुपमा हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा चार जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।
विभागका अनुसार नुवाकोट ककनी–३ का नवराज ढुङ्गाना र फणिन्द्रप्रसाद ढुङ्गाना, भिरकोटगढी–११ नुवाकोटका सुवासजङ्ग पाण्डे र नुवाकोट ककनी स्थायी घर भई जापानमा रहेका प्रज्ज्वल ढुङ्गानाविरुद्ध आज मुद्दा दायर गरिएको हो ।
केही समय पहिले प्रहरीले नवराज ढुङ्गानालाई स्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँ बराबरको रकम पक्राउ गरेको थियो । उनले पैसाको स्रोत खुलाउन सकेका थिएनन् । सोही आधारमा अध्ययन गर्दै जाँदा प्रहरीले अवैध हुण्डी कारोबार भएको निष्कर्ष निकालेको थियो । विभागले बिगोबमोजिमको रकम जफत गरी दोषीमाथि कानुनअनुसार कारवाही गरिपाउँ भन्दै मुद्दा दायर गरेको हो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया