गृहले भन्यो : नागरिकतामा अपमानजनक शब्द प्रयोग नगर्नू, गरेको भए सच्याउनू
काठमाडौं । गृह मन्त्रालयले नागरिकता बनाउने क्रममा कसैको नाम वा थरमा मा अपमानजनक शव्द भएको भए हटाउन निर्देशन दिएको छ ।
मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै नागरिकता वितरण गर्दा नागरिकतामा अपमानजनक शब्द नलेख्न र लेखिसकेको भए सच्याउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
विभिन्न जिल्लाबाट जारी भएका नेपाली नागरिकताका प्रमाणपत्र जारी गर्दा अपमानजनक शब्द राखी जारी भएको सम्बन्धमा प्रकाशित समाचार, सूचना तथा जानकारीप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै यस्तो निर्देशन दिएको हो ।
‘अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्ने, त्यसरी अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउने’ मन्त्रालयका सहसचिव फणीन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
केही दिन यता दलित समुदायका व्यक्तिहरूलाई वितरण गरिएका नागरिकतामा ‘कुकुर कामी, कुकुर्नी कमिनीजस्ता अपशवद जनाउने नाम उल्लेख भएको पाइएको विषय सार्वजनिक भएको थियो ।
त्यसको चौतर्फी विरोध भएपछि मन्त्रालयले ध्यानाकर्षण भएको जनाउँदै यस्तो निर्देशन दिएको हो ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया