NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

आज चीन जाँदै परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का मंगबार छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा निस्किँदै छन् । चिनियाँ समकक्षीको निम्तोमा खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै त्यसतर्फ जान लागेका हुन् ।

दुई मुलुकबीच विश्वासको वातावरण निर्माण गर्न मन्त्री खड्का चीन जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणको दौरान मन्त्री खड्काले चिनियाँ समकक्षी वाङ यीलगायतसँग भेटघाट गर्ने कार्यक्रम छ ।

शेरबहादुर देउवा नेतृत्वमा एक वर्षअघि सरकार गठन भएपछि चीनतर्फ हुन लागेकाे याे पहिलाे उच्च राजनीतिक भ्रमण हाे ।

चिनियाँ राष्ट्रपति सी जिनपिङकाे भ्रमणका क्रममा भएको सम्झौता कार्यान्वयन विषयलाई  पनि प्राथमिकतापूवर्क उठाउने तयारी छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०१९ मा गरेको नेपाल भ्रमणका क्रममा विभिन्न सम्झौता भएका थिए । तर कतिपय सम्झौता अहिलेसम्म पनि कार्यान्वयनमा गएका छैनन् ।

विश्वमा विकसित नयाँ परिस्थितिमा छिमेकीलाई विश्वासमा लिएर मात्र नेपालले आफ्ना कदम चाल्नेछ भनेर कन्भिन्स गराउन पनि नेपालले भ्रमण उपयाेग गर्नेछ ।

यो भ्रमणका क्रममा नयाँ सम्झौता भने नहुने बताइएकाे छ ।

‘भ्रमणकाे क्रममा नयाँ कुनै सम्झाैता हुँदैन ।  बरु पुरानोलाई कार्यान्वयन गर्न जोड दिइने छ,’ परराष्ट मन्त्रालय स्राेतले भन्याे ।

 

ताजा अपडेट

नेपालवाच विशेष