NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

ट्रम्पको निवास एफबिआईकाे नियन्त्रणमा

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित आफ्नो निवासमा एफबिआईले छापा मारेको छ ।

पूर्वराष्ट्रपति ट्रम्पले आफ्नो बयानमा ठूलो संख्यामा एफबिआईका एजेन्टहरू आएर आफ्नो निवासमा छापा मारेको बताएको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

ट्रम्पले फ्लोरिडाको मार ए लागो रिसोर्टमा एफबिआईका एजेन्टहरू आएर छापा मारेको जनाएको समाचारमा उल्लेख गरिएको छ ।

उनीहरूले उनको त्यहाँस्थित घरलाई नै नियन्त्रणमा लिएका छन् । एफबिआईको यो छापा उनी अमेरिकाको राष्ट्रपति हुँदा गरेका कतिपय कार्यका बारेमा अनुसन्धान गर्न सरकारी कागजातहरू नियन्त्रणमा लिनका लागि गरिएको बताइएको छ ।

साथै गत वर्ष अमेरिकी संसद् भवनमा भएको हिंसाको पनि अनुसन्धान थालिएकोले त्यस विषयका लागि पनि यो छापामा मारिएको अनुमान गरिएको छ ।

यस विषयमा संसदीय छानबिन जारी रहेको छ । एफबिआईले फ्लोरिडास्थित निवासमा छापा मार्दा उनी भने न्युयोर्कको ट्रम्प टावरमा रहेका बताइएको छ ।

रुसविरुद्ध जनमत जुटाउन ब्लिन्केन अफ्रिकामा