एमालेले भदौमा कार्यकर्तालाई स्कुल चलाउने
काठमाडौं । एमालेको केन्द्रीय स्कुल विभागले भदौदेखि कार्यकर्ताका लागि नियमित रूपमा स्कुल चलाउने भएको छ ।
विभागको बैठकले कार्ययोजना पारित गर्दै भदौदेखि नियमित रूपमा स्कुल चलाउने निर्णय गरेको उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले बताए ।
प्रशिक्षण जनसंगठनबाट सुरु गर्न लागिएको छ । २ भदौदेखि पार्टी कार्यालय च्यासलमा दिइने प्रशिक्षणमा पहिलो लटमा अनेरास्ववियु र दोस्रो लटमा युवा संघका कार्यकर्ता सहभागी हुनेछन् ।
त्यसपछि क्रमशः सबै जनसंगठनलाई प्रशिक्षण दिइने र भदौभित्रै आठवटा जनसंगठनका पदाधिकारी तथा सदस्यहरूलाई प्रशिक्षण दिइसक्ने योजना रहेको उपमहासचिव ज्ञवालीले बताए ।
तीनदिने प्रशिक्षणमा मार्क्सवादी दर्शन, पार्टी जीवनमा त्यसको प्रयोग, जनताको बहुदलीय जनवाद, समृद्ध नेपालको निर्माण, पार्टीको दशौं महाधिवेशनको कार्यदिशा , आजको सन्दर्भमा संगठनात्मक व्यवस्थापन र पार्टी जीवनमा सूचना प्रविधिको प्रयोगलगायत विषयमा नेताहरूले प्रशिक्षण दिने योजना विभागले बनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया