मोटरसाइकल चोरी गरेको आरोपमा पाँचजना पक्राउ

काठमाडौं । प्रहरीले मोटरसाइकल चोरीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले चलाएको ‘अप्रेसन बाइक हन्ट’ अभियानअन्तर्गत पाँच मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।
पक्राउपर्नेमा नुवाकोटको तादी गाउँपालिकाका २२ वर्षीय विशाल तामाङ, १९ वर्षीय राजन तामाङ, १९ वर्षीय दिनेश तामाङ, नुवाकोटकै दुप्चेश्वर गाउँपालिकाका ४० वर्षीय रामशरण दमाईं र रामेछापको खाँडादेवी गाउँपालिकाका २५ वर्षीय घनश्याम कार्की छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौंका विभिन्न स्थानबाट चोरीका मोटरसाइकलसहित पाँचै जनालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकासँग सुजुकी कम्पनीको कालो रङको गिसर मोटरसाइकल, यामाहा कम्पनीको एफजेडएस मोटरसाइकल, कालो रङको सिएफ मोटरसाइकल, रातो रङको पल्सर मोटरसाइकल र प्रदेश नम्बरप्लेट भएको पल्सर मोटरसाइकल बरामद गरेको छ ।
पक्राउ परेका पाँचै जनालाई मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद–२० को २४१ अनुसार ‘चोरीसम्बन्धी कसुर’मा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिएर प्रहरीवृत्त महाराजगञ्जले अनुसन्धान अघि बढाएको छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया