गठबन्धनमा सामेल हुने बाबुरामको कसरत जारी, भेटे प्रचण्डलाई पनि
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) छोडेर हालै नेपाल समाजवादी पार्टी (नेसपा) गठन गरेका डा. बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । उनले बिहीबार प्रचण्डलाई भेटेका हुन् ।
अलग पार्टी दर्ता गरेसँगै यतिबेला भट्टराई सत्ता गठबन्धनकै हिस्सा बन्न चाहिरहेका छन् । यसै शिलशिलामा उनले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भटेर आफूलाई गठबन्धनमा सामेल गराउन आग्रह गरेका थिए । देउवाले सकारात्मक प्रतिक्रिया दिएको उनको दाबी थियो ।
यसैबीच भट्टराईले प्रचण्डसँग भेट गरेको नेसपाका एक नेताले बताए ।
भट्टराईले प्रचण्डसँग चुनावी सहकार्य, तालमेल र गठबन्धनलगायत विषयमा छलफल भएको बतायएको छ ।
गठबन्धनमा मिसिने प्रयास गरिरहेका बाबुरामले भने, ‘देउवासँगको भेट सार्थक’
ताजा अपडेट
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ


प्रतिक्रिया