चुनावी रणनीति बनाउन एमालेले बोलायो तीन महत्वपूर्ण बैठक, चुनाव परिचालन समिति गठन
काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको रणनीति तय गर्न बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले भदौमा स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ ।
पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको बैठकले भदौ ७ मा स्थायी समिति, ९ गते पोलिटब्युरो र १० गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय भएको सचिव पद्यमा अर्यालले जानकारी दिइन् ।
त्यस्तै बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी बनाएको छ । अर्यालका अनुसार उक्त समितिमा केन्द्रीय सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारी, केन्द्रीय निकाय र आयोगका पदाधिकारी, जनसंगठनका अध्यक्ष÷महासचिव र विभागका सचिव रहनेछन् ।
त्यसैगरी बिहीबारको बैठकले ६ सदस्य निर्वाचन घोषणापत्र मस्यौदा समिति पनि गठन गरेको छ । मस्यौदा समिति उपाध्यक्षत्रय अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिजाल रहेका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया