कंगोमा नौ लाख मानिस विस्थापित
काठमाडौं (एजेन्सी) । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा यस वर्ष करिब नौ लाख मानिस विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघको मानवीय निकायले बुधबार देशको पूर्वी भागमा जारी विद्रोही लडाइँका बीच यो आँकडा सार्वजनिक गरेको हो ।
बुधवार प्रकाशित एक प्रतिवेदन अनुसार संयुक्त राष्ट्रसंघ मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले जनवरी र जुन महिनाबीच आठ लाख ७७ हजारभन्दा बढी मानिस विस्थापित भएको बताएको छ।
उक्त अवधिमा ४४६,००० भन्दा बढी मानिस घर फर्किएको पनि ओसीएचएले उल्लेख गरेको छ । हाल यस देशमा ४८ लाखभन्दा बढी मानिस विस्थापित छन् ती मध्ये ५१ प्रतिशत महिला छन् ।
‘असी प्रतिशतभन्दा बढी विस्थापन सशस्त्र हमला र झडपका कारण भएको हो,’ पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।
अधिकांश विस्थापित व्यक्तिहरू कङ्गोको तनावग्रस्त पूर्वी क्षेत्रमा बसोबास गर्छन् । खनिजसम्पन्न यस क्षेत्रमा १२० भन्दा बढी सशस्त्र विद्रोही समूहहरू सक्रिय छन् ।
गत वर्षको अन्त्यमा एम २३ विद्रोही समूहले पूर्वी कङ्गोमा पुनः युद्ध शुरु गरेर रणनीतिक सीमावर्ती शहर बुनागाना लगायतका भूभाग कब्जा गरेको छ।
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया