निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ : अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिएका छन् ।
लोकतान्त्रिक शेर्पा सङ्घको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले लोकतान्त्रिक अभ्यासमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए । उनले एमाले बहुदलीय व्यवस्थाअनुसार प्रतिस्पर्धा गर्न तयार रहेको बताए ।
“लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ, दलबीच प्रतिस्पर्धा गरौँ, शत्रुता होइन”, उनले भने । देशमा द्वन्द्व हुँदा बाहिरी शक्तिको चलखेल बढ्न सक्ने र देशको अवस्था अप्ठ्यारोमा पर्ने उहाँको भनाइ थियो । उनले देशको राजनीतिलाई सही ढङ्गबाट बढाउनका लागि एमाले मजबुत हुनुपर्नेमा जोड दिए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले एमालेको उद्देश्य शान्तिपूर्ण नेपाल र समृद्ध नेपाल रहेको भन्दै सामाजिक न्याय र समानतासहितको नेपाल निर्माण गर्न खोजिरहेको बताए । उनले राजनीतिक, आर्थिक र सामाजिक व्यवस्था सही ढङ्गले गर्नसके नेपाललाई सुन्दर बनाउन सकिने धारणा राखे ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया