अर्को वर्षबाट जोन्सन एण्ड जोन्सनले बेबी पाउडर उत्पादन बन्द गर्ने
काठमाडौं । विश्वप्रसिद्ध हेल्थ केयर कम्पनी जोन्सन एण्ड जोन्सनले अर्काे वर्षबाट बेबी पाउडरको उत्पादन तथा बिक्री बन्द गर्ने भएको छ । यसबाट उत्पादित पाउडरबाट क्यान्सर रोग लाग्ने आरोपको सामाना गरिरहेको दुई वर्षपछि कम्पनीले यस्तो निर्णय गरेको हो ।
कम्पनीले यतिबेला महिलाहरुले लगाएका ३८ हजार मुद्दाको सामाना गरिरहेको छ ।
कम्पनीले उत्पादन गर्ने पाउडरमा एस्बेस्टोस भएको र त्यसले महिलाहरुलाई पाठेघरको क्यान्सर भएको आरोप छ । तर, कम्पनीले भने आफ्नो दशकौंको अनुसन्धानले जोन्सन एण्ड जोन्सनका उत्पादनहरु प्रयोग गर्र्न सुरक्षित रहेको देखाएको कुरा दोहोर्याउँदै आएको छ । यसकैै आडमा कम्पनीले पटक पटक
आफूले उत्पादन गर्दै आएकोे पाउडरबाट क्यान्सर नहुने र त्यसमा एस्बेस्टस नभएको दाबी गर्दै आएको छ ।
सन् २०१८ मा समाचार एजेन्सी रोयटर्सले प्रकाशन गरेको अनुसन्धानमा कम्पनीले उत्पादन गर्ने पाउडरमा एस्बेस्टोस भएको जनाइएको थियो । उक्त रिपोर्टका अनुसार त्यहाँ उत्पादित पाउडर हाइड्रेटेड म्याग्नेसियम मिसाएर बनाइन्छ जुन पृथ्वीमा पाइने खनिज हो । र, त्यो खनिज एस्बेस्टोस भएको ठाउँ नजिकै पाइन्छ । एस्बेस्टोसले क्यान्सर निम्त्याउन मद्दत गर्छ ।
रोयटर्सले कम्पनीको आन्तरिक अभिलेख, अनुसन्धान र अन्य प्रमाणहरुले कम्तीमा पनि सन् १९७१ द्येखि २००० को दशकको सुरुवातसम्म कम्पनीबाट तयार भएकोे पाउडरमा केही मात्रामा एस्बेस्टसको मात्रा पाइएको दाबी गरेको छ ।
यद्यपी कम्पनीले अदालत, मिडिया रिपोर्ट र अमेरिकी सांसदसमक्ष यी आरोपलाई अस्वीकार गर्दै आएको छ ।
ताजा अपडेट
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
मौसममा पश्चिमी प्रणाली सक्रिय, वर्षा साथै यी ठाउँमा अचाक्ली गर्मी बढ्ने


प्रतिक्रिया