‘भएको सम्पत्ति सरकारीकरण गरिदिएँ, मसँग उपचार गराउने पैसा पनि छैन’ – ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग उपचार गराउने पैसा पनि नभएको बताएका छन् ।
आइतबार राष्ट्रिय युवा सम्मेलनको भेलामा बोल्दै ओलीले यस्तो बताएका हुन् । उनले आफू र श्रीमती राधा शाक्यको नाममा भएको सबै सम्पत्ति सरकारको नाममा दान दिइसकेको बताए। जसकारण आफू बिरामी हुँदा आवश्यक उपचार खर्च पनि नभएको उनको तर्क छ ।
हाल आफ्नो उपचारका लागि खर्च भइरहेको रकम सांसदबाट आउनेपैसाबाटै जोहो भइरहेको उनको भनाई छ । ‘संसद भएकाले त्यहाँबाट अलिअलि पैसा आउँछ । नभए म र श्रीमतीसँग केही पनि छैन,’ उनले भने, ‘हामीले सबै सम्पत्ति सरकारको नाममा गरिदिएका छौं । सरकारको नाममा गरिदिएपछि त्यसलाई बेच्न या धितो राखेर पैसा निकाल्न मिल्दैन । त्यसकारण अब तपाईहरूले उपचार गराइदिनुभयो भने छुट्टै कुरा, नभए मसँग उपचार गराउन पैसा छैन ।’
ताजा अपडेट
-
कोशीको राजनीतिमा रोचक दृश्य: एकातिर मुद्दा, अर्कातिर सत्ता
-
विश्वकप त्रिकेटः नेपालको समूहमा रहेको श्रीलंकाद्वारा टोली घोषणा
-
ललितपुरमा भएको दुर्घटनामा बालिकाको मृत्यु
-
मन्त्रिपरिषद् बैठकः एआइजीको बढुवा, समाज कल्याणमा नियुक्ति
-
कस्तो हुनुपर्छ शैक्षिक र व्यवसायिक अन्तरसम्बन्धको मोडल ?
प्रतिक्रिया