प्रचण्डलाई बालेनको प्रश्न : ककनीको बाटो यस्तो बनाउने ठेकेदारको घरमा कुन नैतिकताले बस्नुहुन्छ ?
काठमाडौंं । काठमाडौं उपत्यकाको फोहर उठाउनमा ठूला राजनीतिक दलका नेता–कार्यकर्ताले नै अवरोध गरेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आक्रामक बन्दै गएका छन् ।
सोमबार राजनीतिक दलका स्थानीय नेता–कार्याकर्ताका गलत मागको खण्डन गरेका उनले मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति टिप्पणी गरेका छन् ।
ककनीको बाटो बिजोक बनाउने ठेकेदारको घरमा प्रचण्ड अंगरक्षक जसरी बसिरहेको उनको आरोप छ ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै मेयर शाहले यस्तो आरोप लगाएका हुन् ।
‘श्रीमान् प्रचण्डज्यू, उपत्यकाको फोहर लैजान प्रयोग गरिने ककनीको बाटो विगत आठ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर,’ उनले सडकको हालतको भिडियो फेसबुकमा राख्दै भनेका छन् ।
प्रचण्ड चर्चित ठेकेदार शारदाप्रसाद अधिकारीको खुमलटारस्थित घरमा बस्दै आएका छन् । अधिकारीलाई थुप्रै विकास आयोजना अलपत्र पारेको आरोप लागेको छ ।
काठमाडौंको फोहर व्ववस्थापनमा सघाउन आग्रह गर्दै मेयर शाहले केही समयअघि प्रचण्डलाई भेटेका थिए । तर, उनका कार्यकर्ताले फोहर व्यवस्थापनमा अवरोध गर्दै आएका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया